उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

काठमाडाैं | भदौ १७, २०७९

उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

 

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गर्नुभएको छ । 


    
    आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उहाँले उपकुलपतिको कार्यालय बन्द हुँदा  विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको छ भन्नुभयो ।  “तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन”,सांसद गिरीले भन्नुभयो, “यही भदौ ८ गते उपकुलपतिको कार्यकक्ष नै तोडफोड गरियो, भदौ १० गते विश्वविद्यालयको सामग्री, ‘माइन्युट’ खोसिएको छ, त्यो शिक्षामन्त्रीले बुझ्नुभएको पाइएको छ, त्यो शिक्षामन्त्रीले बुझ्न पाउने हो कि होइन ?”

 

    सांसद जीपछिरिङ लामाले लगातार वर्षाका कारणले दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा  धेरै क्षति भएको र घरबारविहीनलाई पुनःस्थापना र पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराउनुभयो ।  उहाँले भन्नुभयो, “सिमी गाउँमा १८ घरधुरीमा क्षति पुर्याएको छ, खेतीपाती गर्ने जग्गा जमिन नष्ट भएको र बाढीपीडित सुरक्षित ठाउँमा सार्न र बाढी पहिरोपीडितलाई राहत दिन माग सरकारसँग माग गर्छु ।”

 

    सांसद लामाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा श्रीमान्÷श्रीमती दुवैलाई टिकट दिने कानुनी व्यवस्था खारेज गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । 

 

    सांसद गिरिराजमणि पोखरेलले देशैभरि मुख्यतया मधेस–तराईमा मिटरब्याजीविरुद्ध धमाधम मुद्दा दायर भइरहेको र मिटरब्याजी पक्राउ परेको बताउनुभयो । “महोत्तरीका मिटरब्याजी पक्राउ परेका छन्, त्यो मुद्दा कमजोर नबनाइयोस्”, उहाँले भन्नुभयो, “सर्लाही, नवलपरासी, सप्तरी मिटरब्याजी पीडित काठमाडौँ आएर आन्दोलन गरेको एक महिना भएको छ, तर समस्या समाधान भएको छैन त्यसप्रति सरकारको ध्यानाकर्षण गराउँछु ।”

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्